काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सुशान्त बस्नेतले महामन्त्रीद्वयले पार्टी गतिविधि विपरितका कामहरु गरेको आरोप लगाएका छन् ।
काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसका स्ववियु सभापति समेत रहेका नेता बस्नेतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवामाथि गाली गर्ने लगायतका गतिविधि गरिरहेको बताए ।
साथै उनले महामन्त्रीद्वयले पार्टीभित्र अनुशासन विपरितका कामहरु गरिरहेको भन्दै कारबाहीको माग समेत गरे ।
शुक्रबार काठमाडौंको तीनकुनेमा नियमित महाधिवेशन पक्षधर युवा, विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘दुई महामन्त्रीद्वय जसरी पार्टीमा फुट ल्याउनु भएको छ । हामी युवाहरूले दुई महामन्त्रीहरूलाई बुझ्न जरुरी छ । म सम्माननीय नेताहरूलाई धेरै गाली गर्न चाहन्न । तर, उहाँहरूले आज सामाजिक सञ्जालमा जुन आतंक मच्चाइरहनु भएको छ, म यही मञ्चबाट महामन्त्रीहरूलाई च्यालेञ्ज गर्न चाहन्छु की तपाईहरूले फेक आईडी बनाएर कांग्रेसका हाम्रा नेताहरूलाई गाली गरिरहनुभएको छ यसको म घोर भर्त्सना गर्न चाहन्छु ।’
बस्नेतले कीर्ते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि बबण्डर मच्चाएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया