जाँदाजाँदै टंकलाल घिसिङले भने– ‘२०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झारेँ’

लोकपथ
574
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा बिदाई कार्यक्रममा बोल्दै उनले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताएका हुन् । उनले चार वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताए ।

आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गरे ।

उनले भने, ‘मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर एउटा प्रतिवद्धता गरेको थिएँ । आज ६३ को सङ्यामा राष्ट्रिय खेल संघ रहेको छ र यो निर्माणका निमित्त तपाईंहरुले गर्नुभएको योगदानलाई म प्रशंसा गर्न चाहन्छु । चार वर्षको खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको कुनै कार्यकाल छ भने सायद मेरो होला । ५० भन्दा खेल संगठनमा निर्वाचन सम्पन्न भएको छ, म यसका लागि सबै खेल क्षेत्रका पदाधिकारी साथीहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

उनले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताए ।

त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?