काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो ।
महासंघकाअनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।
चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया