काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सो परेपछि केही समयका लागि यातायात अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्याँस बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक भएर सडकमै तेर्सो परेको थियो ।
सडक बिहान सात बजेतिर खुलाइएपछि यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया