काठमाडौं । हङकङको घना आवासीय क्षेत्रमा बुधबार राति लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ ।
सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका थिए । प्रारम्भिक अनुमानअनुसार आगो विद्युत् सर्टका कारण लागेको हुन सक्ने आशंका गरिएको छ । घटनाको पूर्ण कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
आगलागी शहरको भीडभाड भएको क्षेत्रमा रहेका आवासीय भवनमा मध्यराततिर सुरु भएको थियो। प्रभावित भवनमा विदेशी कामदारदेखि स्थानीय दर्जनौं परिवार बसोबास गर्दै आएका थिए ।
घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासको व्यवस्था नगर प्रशासनले गरिसकेको छ ।
हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत र पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया