काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबारदेखि सुरु भएको बहस आज पनि जारी रहने भएको छ ।
बिहीबार विपक्षी पक्षको बयान सकिन नसकेपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । उक्त मुद्दाको सुनुवाइ आज पनि निरन्तर रूपमा चल्नेछ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको सुनुवाइ हुन लागेको हो ।
कात्तिक २३ गते मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया