काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो कार्यक्षेत्रमा पर्ने सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्ने उद्देश्यले सडक डिभिजन कार्यालयले सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याएको हो ।
उक्त सडक मर्मत एम्बुलेन्स प्रयोगको बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शुभारम्भ गरे ।
त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स पनि सञ्चालनमा ल्याइएको छ ।
जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ । शुभाम्भ कार्यक्रममा बोल्दै मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रुपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए ।
एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया