काठमाडौं । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा रिहा भएका छन् ।
बिहीबार उच्च अदालत पाटनले महरालाई थुनामुक्त गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
महराले २० हजार नगद नै धरौटी रकम बुझाएर जेलबाट बाहिरिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया