काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृती दिएका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालनको स्वीकृती दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गत मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । साथै सरकारले सेना परिचालनका लागि राष्ट्रपति पौडेलसँग स्वीकृती मागेको थियो ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२–०८–०८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृती प्रदान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया