मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

लोकपथ
1.1k
Shares

काठमाडौं । महिला हिंसाविरुद्धको अभियन्ता मुुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा विभिन्न पार्टीहरुसँग नेकपाको एकताका लागि आयोजित कार्यक्रममा खातुन नेकपा प्रवेश गरेकी हुन् । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुले स्वागत गरे ।

त्यस्तै उनलाई केन्द्रीय सदस्य बनाइने सहसंयोजक नेपालले जानकारी दिए ।

राजनीतिमा पाइला चालेकी मुस्कानमाथि २०७६ भदौ २० गते बिहान वीरगञ्जको गणेशमान चोकमा एसिड प्रहार भएको थियो ।

एसिड प्रहारपछिको समयमा उनी सामाजिक काममा सक्रिय छन् । साथै महिलामाथि हुने हिंसाको विरुद्धमा आवाज उठाउँदै आइरहेकी छन् ।

आज राष्ट्रिय सभागृहमा राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाको एकता पक्षधर, जनजागरण पार्टी नेपाल तथा नेकपा (बहुमत) तथा नेकपा विद्रोही समूहबिचको एकताको घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?