जसपाका मधेस प्रदेश अध्यक्ष यादवले पनि छाडे अशोक राईको साथ, प्रचण्ड नेतृत्वको नेकपा प्रवेश गर्ने

लोकपथ
504
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी छाडेका छन् । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नको लागि उनले जसपा छाडेको जनाइएको छ । 

यादवले आज बिहीबार विज्ञप्ति जारी गर्दै आफूले जसपाको मधेस प्रदेश समिति अध्यक्ष र पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको बताएका छन् । 

मधेस केन्द्रित दलहरूबाट अब मधेसको विकास र अधिकार रक्षा नहुने निष्कर्षसहित पार्टी छाडेको घोषणा गरेका छन् । 

केही महिनायता राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएपछि विवादमा तानिएका यादव सर्लाहीका एसपीलाई धम्क्याएको आरोपमा गत भदौमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?