सर्वोच्चमा एमालेको रिटमाथि पहिलो सुनुवाइ मंसिर १७ मा

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइको मिति तोकिएको छ । उक्त रिटमा मंसिर १७ गते पेशी निर्धारण गरिएको हो ।

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी संसद्को बहुमत प्राप्त सांसदबाटै नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । 

एमालेले प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै संसद्को भूमिका पुनःस्थापित हुनुपर्ने तर्क गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?