काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बीएबी ५७२४ नम्बरको कारले बा। ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया