विमानस्थलमा सुटकेसभित्रको जुत्तामा के भेटियो यस्तो ?

काठमाडौं, २२ कात्तिक । प्रहरीले २ किलो चरेस सहित एकजना युक्रेनी नागरिक पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोबाट अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा खटिएको टोलीले चरेस सहित पासपोर्ट नम्बर एफजी ९२१७८१ वाहक बर्ष ४२ को ओलेकिसल लेलेन्केलाइ पक्रेको हो काठमाण्डौंबाट जेट एयरवेजको ६५२ नम्बर को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका लेलेन्युकेले बोकेको सुटकेश जाँच गर्दा त्यसभित्र राखिएको जुत्ता र च्यवनप्राशमा चरेस लुकाएर तस्करी गरिरहेको फेला परेको हो । सुटकेश भित्र रहेको स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको २ किलो लागु औषध चरेश फेला परेकोले ब्युरोले जनाएको छ लेलेन्के बिरूद्द लागूऔषध मुद्दामा ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?