१४ निर्माण कम्पनीलाई खरिद अनुगमन कार्यालयले सोध्यो ३० दिने स्पष्टीकरण

लोकपथ
119
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी अघि बढाएको छ । 

कार्यालयले ती कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको हो ।

कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूले कालोसूचीमा राख्न सुझाएका आधारमा यो प्रक्रिया सुरु गरिएको हो ।

कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ (४क) बमोजिम सूचना प्रकाशन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?