काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको छ । सो क्रममा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्ति सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् ।
चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा१५च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को२ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको उल्लेखित गाँजा फेला परेको हो ।
सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

सो गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कर्टिङ गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो । नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक फरार भएका छन् ।
नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकल चालकसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी मनिष थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया