काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
गत हप्ता रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरेको मुद्दाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो ।
रवि लामिछाने र जोशी दुवै जना बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । लामिछाने भैरहवा कारागार हुँदै नख्खु कारागारमा छन् भने लामिछाने भैरहवा कारागारमै छन् ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएकोमा लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगो बापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश अदालतले गरेको थियो ।
सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनले जिल्लाको आदेशविरुद्ध गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । सोही मुद्दाको बारेमा आजलाई पुनः पेसी तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया