काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटको समाधानका लागि शान्ति सम्झौतालाई अन्तिम रूप दिन आफ्ना विशेष दूत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएका छन् ।
ट्रम्पले असहमतिका केही बुँदाहरू मात्र बाँकी रहेको भन्दै अमेरिकी मस्यौदामा आधारित २८–बुँदे शान्ति योजनालाई दुवै पक्षबाट थप इनपुटसहित परिमार्जन गरिएको जानकारी दिएका छन् । उनले चाँडै पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् ।
यसैबिच, अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलले युक्रेनी प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् भने सोमबार र मंगलबार अबुधाबीमा रूसी अधिकारीहरूसँग मस्यौदामा सम्बन्धित वार्ता सम्पन्न भएको अमेरिकी सेनाको विज्ञप्तिमा उल्लेख छ ।
गत हप्ता सार्वजनिक गरिएको २८–बुँदे शान्ति योजना अमेरिकी, युक्रेनी र युरोपेली प्रतिनिधिहरूले जेनेभामा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया