अशोक राईको साथ छाडेर एमालेमा आए जसपा बागमती प्रदेशका अध्यक्ष गोले

लोकपथ
868
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीले उनलाई खादा लगाएर पार्टीमा स्वागत गरे । उनले अशोक राई नेतृत्वको जसपामा समेत टुक्राटुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गरे ।

उनले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दाबी समेत गरे ।

उनले भने, ‘यो पार्टी लामो इतिहास बोकेको पार्टी पनि हो । म विद्यार्थी काममा यही पार्टीमा आवद्ध थिएँ । म जनता समाजवादी पार्टी स्थापनादेखि लागेको हो । तर जसपाले अहिले आफ्नो धारहरु परिवर्तन गर्यो । जसपा अहिले टुक्रा टुक्रामा विभाजित भइसकेको छ । यो देशलाई वास्तव स्थीर राजनीतिक अवस्थाको आवश्यकता छ । त्यो अवस्था एमालेमा देखेर पार्टी प्रवेश गरेको हुँ ।’

उनले जसपा विभाजित भएपछि पार्टी परित्याग गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?