एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नारा तय : ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा प्रवेश गरेको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन तयारीको प्रगति बारे जानकारी दिएका छन् ।

उनका अनुसार, महाधिवेशन तयारीका लागि गठित १२ वटा समितिले आफ्नो क्षेत्राधिकार भित्रको काम र बाँकी कामको विवरण प्रस्तुत गरेका छन् । बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नयाँ लोगोको विषयमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

एमालेले महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पस् समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको छ । गौतमले पार्टीले संवैधानिक हिसाबले अध्यावधिक गर्न निर्वाचन आयोगमा दल दर्ता गरिसकेको र यो नियमित प्रक्रिया भएको स्पष्ट पारे ।

पार्टी संसद् पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणका लागि निवेदन पनि दिइसकेको गौतमले बताए । साथै उनले सरकार निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा कायम गर्न संवेदनशील नभएको र नेताहरूको भ्रमणमा देखिएको अराजकताले चुनावी वातावरण प्रभावित भएको आरोप पनि लगाएका छन् ।

गौतमले भने, ‘महाधिवेशन तयारी अन्तिम चरणमा छ। सबै समितिले तोकिएको कार्यक्षेत्र भित्रका कामको प्रगति प्रस्तुत गरिसकेका छन्। निर्वाचनमा जानको लागि सरकारले शान्ति सुरक्षाको वातावरण निर्माण गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?