काठमाडौं । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । मंगलबार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया