सिंहदरबार घेरेर देश विकास हुँदैन : मन्त्री पुन

लोकपथ
196
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देश विकासका लागि केवल सिंहदरबार घेर्नु पर्याप्त नभएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले युवाहरूलाई आफ्ना कार्यशैली सुधार्न र सक्रिय नागरिक बन्न आग्रह गरेका हुन् ।

मन्त्री पुनले लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन । भावी पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्न फाल्गुन २१ गतेको आम चुनावमा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नुै एक मात्र उपाय हो ।’

उनले  बुढा नेताहरू लोभी, पापी र स्वार्थी समूहले घेरिएको कारणले देशका संयन्त्रहरू अव्यवस्थित हुँदै गइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?