पूर्वजापानी प्रधानमन्त्रीद्वारा ताकाइचीको गलत टिप्पणीको आलोचना

लोकपथ
217
Shares

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिगेरु इशिबा, योशिहिको नोदा र युकियो हातोयामाले हालै ताइवानसम्बन्धी टिप्पणी गरेपछि जापान–चीन सम्बन्ध तनावपूर्ण बनेकोप्रति वर्तमान प्रधानमन्त्री साने ताकाइचीको आलोचना गरेका छन् ।

पूर्व प्रधानमन्त्री इशिबाले हालैका घटनाप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीलाई शब्द र काममा सतर्क रहन, संवादमार्फत द्विपक्षीय सम्बन्ध सुधार गर्न आह्वान गरेका हुन् ।

इशिबाले  १९७२ मा तत्कालीन प्रधानमन्त्री काकुएई तनाकाको चीन भ्रमणले जापान र चीनबिच कूटनीतिक सम्बन्धलाई सामान्य बनाउन सहज बनाएको थियो। त्यसपछि आएका क्रमिक जापानी सरकारहरूले सधैँ सम्बन्धलाई धेरै सावधानीपूर्वक व्यवस्थापन गर्दै आएका र सबै पहलहरू सावधानीपूर्वक ह्यान्डल गरिएको उनले उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीको यो चेतावनीले जापान–चीन सम्बन्धमा हालको संवेदनशील परिस्थितिमा राजनीतिक सतर्कता आवश्यक रहेको कुरा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?