प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउने समय  आजसम्म मात्र

लोकपथ
49
Shares

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले आज अन्तिम दिन दल दर्ता गर्न पाउने भएका छन् ।

 निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने प्रक्रिया आजसम्म खुला रहने आयोगले जनाएको छ । 

आयोगमा पहिले दर्ता भएका दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दर्ता गराउनुपर्ने प्रावधान रहेको छ  ।

हाल आयोगमा कुल १३४ दल दर्ता भइसकेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले निर्वाचनमा भाग लिन दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?