२७ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो ७ दिने सूचना

लोकपथ
350
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेर सम्पर्कविहीन भएका २७ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रधान कार्यालयले प्रहरीको नाम, ठेगाना र गैरहाजिर भएको मितिसहितको विवरण सार्वजनिक गर्दै, म्याद नाघ्नु अघि सात दिनभित्र कार्यालयमा उपस्थित हुन सूचित गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, निर्दिष्ट म्यादभित्र उपस्थित नभएका कर्मचारीविरुद्ध कानुनी तथा प्रशासनिक कारबाही गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?