कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो पौडी खेल्ने क्रममा दमाईं नदीमा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेपत्ताको खोजीकार्य राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जारी राखे पनि अहिलेसम्म उनको खोजी सफलता पाएको छैन ।
प्रहरीले स्थानीयसँग समन्वय गर्दै खोजी अभियान जारी राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया