काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि एक महिनासम्म देशभर विरोध तथा जनप्रदर्शन कार्यक्रम सुरु गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रमुख माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने छ ।
त्यसैगरी मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा तथा जनपरिचालन सञ्चालन गरिने छ । मंसिर १९ र २१ गते अङ्कित प्लेकार्ड र ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना हुने छ ।
पौष ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभारजनसभा पनि आयोजना गरिने छ । प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज र पुस १७ गते भैरहवामा विरोध सभा तय गरिएको छ ।
बस्नेतले अन्य विरोध कार्यक्रमहरू पार्टीको जिल्ला वा प्रदेश समितिले निर्णय गर्न सक्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया