सहकारी दर्ताका लागि प्राधिकरणमा आजदेखि आवेदन खुला

लोकपथ
329
Shares

काठमाडौं । अबदेखि बचत र ऋण कारोबार गर्ने सबै सहकारी संस्थाले अनिवार्य रूपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ । प्राधिकरणले दर्ता प्रक्रिया आजदेखि सुरू गर्ने भएको हो ।

यसका लागि ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ पहिलो संशोधन गरेर दर्ताको आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।
बुधबार प्राधिकरणले अनलाइन पोर्टल सार्वजनिक गर्दैछ, र यही पोर्टलबाट दर्ता प्रस्ताव बुझाउन सकिने छ । पोर्टल सार्वजनिक भएपछि नै दर्ताका लागि दिइएको समय गणना सुरु हुनेछ ।

दर्ता शुल्क कति?
२ करोडसम्म: १ हजार

२ करोडदेखि १० करोडसम्म : ३ हजार

१० करोडदेखि २५ करोडसम्म : ५ हजार

२५ करोडदेखि ५० करोडसम्म : ७ हजार

५० करोडदेखि १ अर्बसम्म : १० हजार

१ अर्बभन्दा बढी : १५ हजार रुपैयाँ

सरकारले २०८१ पुसमा सहकारीसम्बन्धी अध्यादेश जारी गर्दै सहकारी नियमन प्राधिकरणको व्यवस्था गरेको थियो । त्यसअनुसार २०८१ माघ १४ गते प्राधिकरण औपचारिक रूपमा गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?