एनपीएल : लुम्बिनीलाई काठमाडौंको १५८ रनको चुनौती

लोकपथ
49
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील)अन्तर्गत आजको खेलमा  काठमाडौं गोर्खाजले  लुम्बिनी लायन्सलाई  १५८ रनको लक्ष्य दिएको छ । 

 त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा  कप्तान करण केसीले अविजित ३४,  आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।

लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्प म्यानले दुई/दुई विकेट लिए । काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र  एकमा जित निकालेको थियो ।

काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौँथो नम्बरमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि  सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?