देश अहिले अप्ठ्यारो स्थितिमा छ : प्रचण्ड

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । 

मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।  

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा अप्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे । २४ गतेको विध्वंसपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको बताए । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको  उनको भनाइ छ ।

उनले भने, ‘अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ । तपाईँहरूले पनि महसुस गर्नुभएको होला । २४ गतेको विध्वंसपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’

सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताए । विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्त्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने उनको भनाइ छ  । सबैभन्दा पहिला नेपाली हाैँ भन्ने भावना जागरूक गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘हाम्रो देशलाई हामीले जोगाउन भर मजबुर कोसिस गरिरहेका छाैँ । अनेक तत्त्वहरूले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि सांप्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातीय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ ।’

अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरूलाई आफूहरूले अग्रसर गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?