ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा [वक्तव्यसहित]

लोकपथ
700
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

आज सार्वजनिक गरिएको लिखित वक्तव्यमार्फत पोखरेलले पार्टी पुनर्गठन, रूपान्तरण तथा सामूहिक नेतृत्व विकासका निम्ति आफू अध्यक्ष पदका लागि अघि सरेको स्पष्ट पारेका हुन् ।

वक्तव्यमा उनले देशभरका कार्यकर्ताद्वारा व्यक्त गरिएको आग्रह तथा सुझावलाई स्वीकार गर्दै अध्यक्ष पदमा दाबी प्रस्तुत गरेको उल्लेख छ । 

‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु, ‘वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?