यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

लोकपथ
147
Shares

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । 

नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलबार दल दर्ता प्रमाण पत्र पाएको छ ।

दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताए ।  

उनले पुराना राजनीतिक दलहरूले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रूपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाए ।  

उनले भने, ‘हाम्रो समुदायलाई भोट बैंकको रूपमा लामो समयदेखि राजनीतिक दलहरूले प्रयोग गर्दै आए । तर पनि हामीले समाजमा आधारभूत अधिकार समेत पाउन सकिरहेको अवस्था छैन । अब हाम्रो माग र मुद्दाहरू आफैँ उठाउने भनेर दलहरू दर्ता गराएका हौँ । कानुनले पूर्णअधिकार दिएको भए पनि कार्यान्वयन नभएको कारण समुदाय र राज्यको हरेक तह र तप्कामा समान खालको प्रतिनिधित्व हुनुपर्छ भनेर दल दर्ता गराएका हौँ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले दिएका सबै अधिकारहरूको कार्यान्वयन दलको पहिलो प्राथमिकता रहने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?