काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । निर्वाचन आयोगका प्रवक्ता माहादेव पन्थले मंगलबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता पन्थका अनुसार, आयोगमा हाल कायम रहेका दलहरूको संख्या १३२ पुगेको छ । उनले भने, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले तय गरेको कार्यक्रमअनुसार मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई दर्ता गर्ने समय तोकिएको थियो । मंगलबारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरिसकेका छन् । बाँकी दलहरू पनि दर्ता भई प्रतिस्पर्धामा भाग लिन सक्ने अपेक्षा आयोगले गरेको छ ।’
प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकारले आयोगसँग गम्भीर छलफल गरिरहेको समेत जानकारी दिए । उनले भने, ‘विदेशी मतदाता सम्बन्धी आवश्यक कानुन बनेपछि यो प्रक्रिया निश्चित हुनेछ। आयोग स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया