सिजीले ल्यायो पुराना गाडीसँग आयोन कार साट्ने ‘एक्स्ट्राअर्डिनरी’ योजना

लोकपथ
84
Shares

काठमाडौं । आफ्नो गाडीलाई स्मार्ट र इलेक्ट्रिक बनाउन चाहने ग्राहकका लागि सिजी मोटर्सले एक्स्ट्राअर्डिनरी चेञ्ज अफर सार्वजनिक गरेको छ । सिजीले पुराना गाडीसँग आयोनका कारहरू सट्टापट्टा गर्न सकिने अफर ल्याएको हो ।

आयोन गाडीको नेपालको आधिकारिक विक्रेता सिजी मोटर्सले ‘द एक्स्ट्राअर्डिनरी चेञ्ज अफर’ सार्वजनिक गर्दै कम आर्थिक बोझमै इलेक्ट्रिक कार चढ्ने अवसर दिन लागेको जनाएको छ ।

सिजी मोटर्सको यो अफरमा पुरानो कारसँग आयोनका कारहरू सटही गर्दा उचित मूल्यांकन सहित थप सुविधाहरू प्राप्त हुने सिजी मोटर्सले जनाएको छ ।

यो अफरमा ग्राहकहरूले ६ दशमलव ३ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण सुविधा प्राप्त गर्नेछन् भने एकैपटक भुक्तानी गर्दा क्यास डिस्काउन्ट र पुरानो गाडीसँग एक्सचेञ्ज् गर्दा अतिरिक्त बोनससमेत प्राप्त हुने बताइएको छ ।

सिजीको यो अफरमा गाडी खरिद वा एक्सचेञ्ज गर्दा आयोन वाई, आयोन भी इलाइट र आयोन भी लक्जरी कार प्राप्त गर्न सकिने छ ।

अफरमा कार खरिद वा एक्सचेञ्ज गर्दा दैनिक प्रयोगका लागि घरमै राख्न मिल्ने ६ दशमलव ६ किलोवाटको वाल माउन्ट चार्जर तथा लामो यात्राका लागि ३ दशमलव ३ किलोवाटको ट्राभल चार्जर उपहारस्वरूप प्राप्त गर्न सकिने छ ।

अफरमा गाडी खरिद वा एक्सचेञ्ज गर्दा एक वर्षका लागि निःशुल्क रूपमा अटो प्लस इन्सुरेन्सको सुविधा र एक वर्षका लागि रोड ट्याक्ससमेत तिरिदिने सिजीले जनाएको छ ।

यसका अतिरिक्त कार बुकिङ वा खरिद गर्दा ब्ल्याक प्लस डेकोर ब्रान्डको कार वासर र भ्याक्युम क्लिनर उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

साथै एक्सचेञ्ज मेलामा उपस्थित भई टेस्ट ड्राइभ गर्नेहरूलाई गिफ्ट ह्याम्पर दिनेसमेत कम्पनीले जनाएको छ ।

आयोन कारहरूका विशेषता र मूल्य :
नेपाली सडकका लागि उपयोगी दाबी गरिएको आयोनका इलेक्ट्रिक कारहरू लामो दूरीका यात्राका लागि तयार पारिएको सिजीले जनाएको छ । यसका विशेषताहरू यस्ता छन् ।

आयोन वाई

आयोन वाई मोडेलको कारले एकपटक फूल चार्ज गर्दा ५ सय किलोमिटरको रेन्ज दिन्छ । यो कारमा ६१ दशमलव ३ किलोवाट क्षमताको म्यागजिन ब्याट्रीको प्रयोग गरिएको छ जसले उच्च सुरक्षा दिनुका साथै पछि पनि समान क्षमताका काम गर्ने दाबी गरिएको छ । यो कार मुख्यतः सहरी प्रयोगका लागि तयार पारिएको सिजीले जनाएको छ । यसको मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

आयोन भी इलाइट

आयोन भी इलाइट कारले एकपटक फूल चार्ज गर्दा ५२० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । यो एसयुवी कारले आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधा र प्रदर्शनको नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले दाबी गरेको छ । ५ सिट क्षमताको यो कार सहरी प्रयोग र नजिकका सहरहरूमा यात्राका लागि सहज हुने बताइएको छ । यो कार केही फराकिलो भएको कारण यात्रामा कम्फर्ट ल्याउने दाबी गरिएको छ । यसको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

आयोन भी लक्जरी

आयोन भी लक्जरी कार लामो यात्राका लागि तयार पारिएको सुविधा सम्पन्न कार हो । यो कारमा ७५ दशमलव ३ किलोवाट क्षमताको ब्याट्री रहेको छ जसले एकपटक फूल चार्ज गर्दा ६५० किलोमिटरको लामो यात्रा पार गर्न सकिन्छ । यो कारमा सजिलै काठमाडौंबाट पोखरा पुगेर पुनः काठमाडौं फर्कन सकिन्छ वा अन्य पर्यटकीय केन्द्रहरूमा पुग्न सकिनेछ । यो कारमा चालक र अर्का एक यात्रुका लागि ८–प्वाइन्ट मसाज सिट र ६ दशमलव ६ लिटर क्षमताको इन-बिउल्ट फ्रिजको व्यवस्था छ । यो कार लक्जरी कार भएकाले यात्रालाई थकानरहित र आरामदायी बनाउने दाबी गरिएको छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य
विश्वव्यापी रूपमा मान्यता पाएको आयन ब्राण्डका कारले नेपालमा पनि आफ्नो गुणस्तरीय सेवा दिएको कम्पनीले दाबी गरेको छ । जेन जी आन्दोलनमा क्षति पुराइएको थापाथलीस्थित सिजी मोटर्सको आधुनिक शोरूम र सेवा केन्द्र पुनःस्थापना गरिसकेको सिजीले जनाएको छ । साथै त्यहाँबाट मजबुत फ्टर–सेल्स सहयोग प्रणाली विकास गरेको पनि जनाइएको छ ।

सिजीको यो प्रयासले नेपालमा इलेक्ट्रिक वाहन इकोसिस्टमलाई बलियो बनाउन र देशलाई स्वच्छ र स्मार्ट यातायातको मार्गतर्फ अगाडि बढाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?