काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले थप दबाब सिर्जना गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनबारे कुनै निर्णय नगरेपछि विशेष महाधिवेशन पक्षधरले पुनः भेला बोलाएको हो ।
यसअघि नै भेला बोलाएर दबाब दिएको विशेष महाधिवेशन पक्षधरले मंसिर १० गते बुधबारका लागि भेला बोलाएको हो ।
दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भेला बोलाइएको हो ।
डेढ महिनादेखि जारी केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरे पनि महाधिवेशनबारे कुनै टुंगो लगाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया