काठमाडौं । नेपाली बजारमा एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिन घटेको सुन फेरि उकालो लागेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया