एआईजी कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

लोकपथ
322
Shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की ले पाउने भएका छन् ।

२४ कात्तिकमा एआईजी दानबहादुर कार्की आईजीपीमा नियुक्त भएसँगै रिक्त रहेको उपत्यका प्रहरी कार्यालयको नेतृत्व मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई जिम्मा दिने निर्णय गरेको हो ।

कोसी प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज रहँदै एआईजीमा पदोन्नति भएका कार्कीले सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर रानीपोखरीस्थित कमाण्ड सम्हाल्ने तयारी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?