काठमाडौं । रक्षासचिव सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् ।
सोमबार अपरान्ह सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
वर्तमान मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते मंगलबार (भोलि) बाट उमेर हदका कारण अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले नयाँ मुख्यमन्त्री नियुक्त गरेको हो ।
एकनारायण अर्यालले एक वर्ष भन्दा बढी समयमा मुख्यसचिवको जिम्मेवारी सम्हालेका छन् । उनी २०८१ साल भदौ १३ गते मुख्यसचिव नियुक्त भएका थिए ।
नवनियुक्त मुख्यसचिव अर्याल भने राष्ट्रिय योजना आयोगदेखि खेलकुद मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव भएका व्यक्ति हुन् । उनले कोशी प्रदेश सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
अर्यालले आगामी ७ महिना निजामती प्रशासनको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया