सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ ।
मृतक युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री र युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको खुलेको छ । उनीहरूलाई आज बिहान साढे ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
उनीहरूलाई युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया