नुवाकोट । जिल्लाको विदुर–३ खड्गभन्ज्याड स्थित प्रगतिशील माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।
नविक कोइराला फाउण्डेशन अमेरिकाको सहयोगमा आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममाबीच विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको हो।
फाउण्डेशनकातर्फबाट उक्त विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २ सय ९३ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा रिमालले जानकारी दिए ।

साथै विद्यालयमा अध्यापन गराउने १९ जना शिक्षकलाई पनि न्यायो कपडा वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
न्यायो कपडास्वरुप ट्याकसुट वितरण गरिएको थियो । विदुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बद्री रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रणभुवेनेश्वरी क्याम्पसका क्याम्पस प्रमुख आर.पी रिमाल, भूमी समस्या समाधान आयोग नुवाकोटका सदस्स्य माधव रिजालसहित फाउण्डेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विद्यालयमा विद्यार्थीहरुलाई न्यायो कपडा वितरणसँगै विद्यार्थीहरु पनि खुशी भएको विद्यालयले जनाएको छ । उक्त संस्थाले आफ्नो सामाजिक कार्यलाई विगतदेखिनै निरन्तरता दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया