वर्षा राउतको दुखेसो– ‘यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो’

लोकपथ
651
Shares

काठमाडौं । नायिका वर्षा राउतले सामाजिक सञ्जालमा दिग्दारी पोखेकी छन् ।

उनले आफूमाथि आएको एउटा आलोचनाबारे स्क्रीनसर्ट राख्दै सामाजिक सञ्जालमा दुखेसो पोखेकी हुन् । उनलाई हालैको एक अन्तवार्ताको विषयमा उनले बोलेका सामान्य कुरालाई तथानाम गाली गरिएको छ ।

उनले आफ्नो श्रीमान संजोक कोइरालालाई ‘तिमी’ शब्दले सम्बोधन गरेकोप्रति आपत्ति जनाउँदै गरेको टिप्पणीबारे उनले महिलामाथि हुने विभेदबारे आपत्ति जनाइन् । साथै त्यस्ता किसिमका विषयले आफूमाथि दबाब सिर्जना भइरहेको भन्दै आफूलाई बाँच्न गाह्रो भइरहेको बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् :

कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ।
हाम्रो समाजले सदैव “सब राम्रो देखिनुपर्छ” भन्ने मुखौटा लगाउन बाध्य पार्छ, तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिलै तयार हुँदैन।
श्रीमतीलाई “लाटी, अलछिनि” जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ।
श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्जतिमा कसैलाई चासो हुँदैन।
तर एउटै महिलाले आफ्नो आवाज उठाई दिँदा
“तिमी “ जस्तो सामान्य शब्द बोल्दा पनि
उही समाज ऊमाथि नै औँला उठाउन थाल्छ।
मानौँ उसको मुखमा थुकेको परिमाणले मात्र समाजको इज्जत जोगिने जस्तो।
यही दोहोरो मापदण्ड, यही बेइन्साफी, यही पक्षपातले धेरैलाई भित्रभित्रै तोडिदिन्छ।
कहिलेकाहीँ त लाग्छ
“यस्तो समाजमा बाँच्नु नै किन यति कठिन छ?”
र सच्याइनु पर्ने त समाज आफैँ हो।
तर परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन्,
बदलिन भने कसैलाई मन छैन।
यही कारणले मान्छे एक्लो महसुस गर्छ,
थाकिन्छ,
र कहिलेकाहीँ अंधकारतिर तानिन्छ
यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?