तरकारीमा कुन सस्तो कुन महँगो ? यस्तो छ कालीमाटीको मूल्य सूची

लोकपथ
168
Shares

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले मंसिर ८ गते सोमबारका लागि तरकारी, फलफूल तथा माछाको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यमा इस्कुस सबैभन्दा सस्तो तरकारी रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सोमबार जारी गरेको मूल्य सूचीमा सबैभन्दा सस्तो तरकारीका रूपमा इस्कुस रहँदा सबैभन्दा महँगो तरकारी भने कुरिलो रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिमा सोमबार विक्री भइरहेको तरकारी मध्ये इस्कुस न्यूनतम २० रुपैयाँ प्रतिकिलो र अधिकतम ३० रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । यसको औसत मूल्य २५ रुपैयाँ रहेको छ ।

यता कालीमाटीमा सबैभन्दा महँगोमा विक्री भइरहेको कुरिलोको न्यूनतम बजार मूल्य प्रतिकिलो एक हजार रुपैयाँ र अधिकतम बजार मूल्य १ हजार २ सय रुपैयाँ रहँदा औसत मूल्य १ हजार १ सय रुपैयाँ कायम गरिएको छ ।

कालीमाटीमा तराई काउलीको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ र स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७१ रुपैयाँ कायम छ ।

बरेलाको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ, घिउ सिमी र परवर १०५ रुपैयाँ, टाटे सिमी ११५ रुपैयाँ, मटर कोसा १३३ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भिण्डी १४५ रुपैयाँ रहेको छ ।

त्यसैगरी कन्या च्याउको औसत मूल्य प्रतिकिलो २४५ रहँदा डल्ले च्याउ ३९५ रुपैयाँमा विक्री भइरहेको छ ।

फलफूल तर्फ हाइब्रिड काँक्रोको मूल्य औसतमा ५५ रुपैयाँ प्रतिकिलो रहँदा लोकल काँक्रो ७३ रुपैयाँ रहेको छ ।

लप्सी प्रतिकिलो औसतमा ६७ रुपैयाँ रहँदा तरबुजा ७७ रुपैयाँ, मौसम ९० रुपैयाँ, भारतीय मेवा १०५ रुपैयाँ, सुन्तला ११० रुपैयाँ रहेको छ । त्यस्तै केराको मूल्य प्रति दर्जन १३५ रुपैयाँ, सरिफा १६५ रुपैयाँ, झोले स्याउ २२५ रुपैयाँ, किवी २२५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ र फुजी स्याउ ३०० रुपैयाँ रहेको छ ।

माछातर्फ ताजा छडी माछा प्रतिकिलो २४० रुपैयाँ, ताजा बछुवा माछा २७० र रहु ३३० रुपैयाँ रहेको छ ।

इन्फोग्राफिक्समा हेर्नुहोस्, कुन तरकारी र फलफूलको मूल्य कति छ ।

कृषि उपज मूल्य इन्फोग्राफिक्स

कृषि उपज मूल्य इन्फोग्राफिक्स

वि.सं. मङ्सिर ०८, २०८२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?