जेनजीको कार्यक्रममा सहभागी हुन मन्त्रीहरूलाई निम्तो

लोकपथ
259
Shares

काठमाडौं । जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ । 

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो । 

उनीहरूले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, ऊर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । 

सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिबद्धता झल्काउने उनीहरूको ठहर छ । 

कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरूले बताए । 

२३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेको बताएका छन् ।  जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरूको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?