काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले तीन किसिमको विकास मोडेल अघि सारेको छ ।
माओवादी छाडेर अन्य शक्तिहरुलाई समेत पार्टीमा जोडेका जनार्दन शर्माले पार्टीको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनीमार्फत् पार्टीले अघि सारेको तीन तहको विकास मोडलमा आर्थिक पुनर्संरचनामार्फत मुलुकको आर्थिक समृद्धिको आधारको रुपमा रहेको गाउँको आर्थिक स्तरोन्नतीको पहिलो चरण गाउँको वासलातमा सन्तुलनमा राखिने बताइएको छ । त्यस्तै समृद्धिको दोस्रो मोडलको रुपमा आइटी र तेस्रो मोडलको रुपमा औधोगिकीकरण रहेको जनाइएको छ ।
समृद्धिको तीन मोडल अन्तर्गत पार्टीले अघि सारेको प्रतिबद्धतामा भनिएको छ :
समृद्ध नेपाल निर्माणका लागि तीन तहको विकास मोडेल अघि सारिनेछ । आर्थिक पुनर्संरचनामार्फत् मुलुकको आर्थिक समृद्धिको आधारको रुपमा रहेको गाउँको आर्थिक स्तरोन्नतीको पहिलो चरणमा गाउँको वासलातलाई सन्तुलनमा राखिने छ । यसलाई विकास र समृद्धि ‘मोडेल’ को पहिलो तहको ‘लेयर’ भनिनेछ । यो मोडेल अन्तर्गत हाम्रा सबै पालिका वा गाउँ आत्मनिर्भर बन्नेछन् । गाउँको वासलात सन्तुलनमा राख्नुको अर्थ प्रत्येक गाउँपालिका तथा नगरपालिकाभित्रको वस्तु तथा सेवाको कुल उत्पादन मूल्य र उक्त पालिकामा अन्यत्रबाट हुने आयातसहित कुल उपभोग मूल्यभन्दा मकम नहुने व्यवस्थको सिर्जना गर्नु हो । यसका प्रकारले हरेक ािलकाले आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोतसाधन, नागरिकको परम्परागत एवं पेशागत दक्षता र शिक्षा तथा बजारबाट प्राप्त गर्न सक्ने सम्भावित आर्थिक अवसरलाई मध्यनजर गरी साना तथा मmौला व्यवसायमा जनताको सहभागिता सुनिश्चित गर्न आवश्यक कार्य गरिनेछ । विकास र समृद्धिको दोस्रो लेयरको मोडल अन्तर्गत आईटी तथा संचारसम्बन्धी पाँचौ र छैठौँ पुस्ताको पूर्वाधार निर्माण गर्नु हो, जसले युवाहरुलाई आइटीसम्बन्धी रोजगारी मात्र दिँदैन देशको निर्यात आयमा समेत ठूलो योगदान पुर्याउँछ । गुणस्तरीय उर्जा विकास पनि यो विकासको कडी हो ।
विकास र समृद्धिको तेस्रो लेयरको मोडल औधागिकरण हो । विश्वले हाल अंगालेको बजार अर्थनीति एवं दुई शक्तिमान छिमेकी देशहरुको विकासको रफ्तार र उत्पादन क्षमता तथा विश्व अर्थतन्त्रको एकीकृतका कारणले नेपालले औधोगिकीकरण गर्दा विशिष्ठ नीति अपनाउनुपर्ने अवस्था छ । यस लेयरमा प्रतिष्पर्धात्मक र तुलनात्मक लाभका आधारमा सबै उत्पादन एवं आर्थिक उपक्षेत्र विशेषगरी आईटी जलविद्युत पर्यटन र वित्तीय क्षेत्रमा ध्यान केन्द्रित गरिनेछ ।
खासगरी माओवादी केन्द्रसहितका वामशक्तिहरु एक ठाउँमा आएसँगै त्यसका असहमति जनाएका जनार्दन लगायतका नेताहरुले नयाँ अभियान थालेका थिए । त्यसमा नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार लगायत उक्त पार्टीमा जोडिएका छन् ।
पूर्णपाठ पढ्नुहोस् :









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया