प्रधानमन्त्री कार्कीलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

लोकपथ
952
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी आरोपमा ‘किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

राजदूत फिर्ता बोलाउने सरकारी निर्णयविरुद्ध जारी गरिएको सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन नगरेको दाबी गर्दै अधिवक्ता डा.प्रेमराज सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता गरेका थिए ।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशहरू हरि फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीलाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?