सामुहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छ : सन्तोष परियार

लोकपथ
140
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले देशको वर्तमान संकट समाधान गर्न सबै पक्षले एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय एकता घोषणा सभामा सम्बोधन गर्दै उनले भने, ‘संकटको यो घडीमा हामीले सामूहिकतामा जोड नदियौँ भने, यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै नेतृत्व वर्गले जनताको देश बनाउन सकेको छैन ।’

परियारले नेतृत्व वर्गले जनतालाई केन्द्रमा नराख्दा सधैँ गरिबी रहँदै आएको र नागरिक र सरकारबीच अहिले अविश्वासको संकट उत्पन्न भएको बताए । उनले अग्रजको अनुभव र नयाँ पुस्ताको संघर्ष तथा मेहनतले देशको संकट समाधान गर्न सकिनेमा जोड दिए ।

उनले थपे, ‘हामी सधैँ किन गरिब छौँ भन्ने प्रश्न उठाउँछौँ, तर हाम्रो नेतृत्व र राजनीतिले देश र जनतालाई केन्द्रमा राखेर काम नगर्दा आजको स्थिति आएको हो ।’

पार्टीका अन्य नेता तथा सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?