आक्रमणको प्रयासपछि महेश बस्नेतको प्रतिक्रिया– ‘अराजकता स्वीकार्य हुँदैन’

लोकपथ
434
Shares

काठमाडौं । नेकपा एमालेको नेता महेश बस्नेतले आफूमाथि आक्रमणको प्रयासको घटना गम्भीर र निन्दनीय रहेको बताएका छन् ।

आइतबार बिहान पूर्वमन्त्री समेत बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको थियो । नेता बस्नेतले आफूमाथि आक्रमणको प्रयास गम्भीर र निन्दनीय रहेको बताए । लोकतन्त्रमा विरोधको मर्यादा हुने बताउँदै उनले शान्तिपूर्ण रुपमा आवतजावत गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताए । यसैगरी प्रहरीको तादरुकताका कारण आफूमाथि अप्रिय घटना घट्न नपाएको भन्दै प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन । प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन,’ उनले भनेका छन् ।

त्यस्तै केही व्यक्तिहरुको बाधाकाबिच अहिले युवासंघको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुन लागेको बताए । साथै उर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको अभियानले देशभर प्रेरणा फैलाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?