काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरुले रातो मसी प्रहार गरेका छन् ।
प्रहरीका अनुसार बस्नेत सवार कारलाई प्रहरी भ्यान पछिपछि गर्दै गुडिरहेको अवस्थामा सडक किनारबाट केही युवाहरुले रातो मसी फ्याँकेका थिए ।
बस्नेतयुवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गर्दा एयरपोर्ट लाइनको सडकमा यस्तो घटना भएको हो ।
प्रहरीले तुरुन्तै दुई युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया