काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले जेनजीका नाममा आतंक रोक्न चेतावनी दिएका छन् ।
शनिबार बाराको जितपुर सिमरास्थित उनको घरमा पुगेर आफूलाई जेनजी अगुवा बताउने सुदन गुरुङले चेतावनी दिएका थिए ।
सोही विषयमा सामाजिक सञ्जालमा घटनाबारे जानकारी गराउँदै पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले सुदनलाई जेनजीका नाममा अराजकता नमच्चाउन चेतावनी दिएका हुन् ।
‘म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज ६ गते मेरो जितपुर सिमरा–४ औराहामा रहेको मेरो घरमा जेनजीको कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदार लाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु,’ उनले भनेका छन् ।
जेनजीहरुका जायज मागहरु पूरा गनुर््पर्नेमा जोड दिँदै नेता श्रेष्ठले जेनजीका नाममा हुने यस्ता किसिमका अराजकता रोकी शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन समेत केन्द्रदेखि स्थानीय सरकारसम्मलाई आग्रह गरे ।
उनले भनेका छन् :
यहि मंसिर ३ र ४ गते सिमरामा घटेको घटना प्रति गहिरो दुःख व्यक्त गर्दछु र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र घाईते हरुको उपचारको उचित व्यवस्था गर्नको लागी सरकार सँग माग गर्दछु ।
म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज ६ गते मेरो जितपुर सिमरा -४ औराहामा रहेको मेरो घरमा जेन जी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदार लाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु । यसरी जेन जीका नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु ।
कृष्ण कुमार श्रेष्ठ (किसान)
निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री (बारा-४)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया