युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विकराल रूपमा फैलिएको बताएका छन् ।

वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार अहिले देशकै लागि दुर्भाग्यको रूपमा देखिएको बताए ।

उनका अनुसार सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले लगातार भ्रष्टाचारविरुद्ध आवाज उठाए पनि अपेक्षित ध्यान नदिएको गुनासो गरे । उनले भदौ २३ र २४ गते जेनजी युवाहरूले चलाएको आन्दोलनले भ्रष्टाचार विरोधी अभियानलाई नयाँ ऊर्जा प्रदान गरेको भन्दै युवापुस्ताप्रति आभार प्रकट गरे ।

उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा देखिएको छ । हामीले सरकार वा सडक जहाँबाट पनि आवाज उठायौँ, तर त्यो जसरी सुनिनु पर्ने थियो, सुनिएन । जेनजी युवाहरूको भ्रष्टाचारविरुद्ध, सुशासन र स्वतन्त्रताको पक्षमा उठेको आवाजले हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।’

उनले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकताबद्ध भएर देश निर्माणमा लाग्नुपर्ने आवश्यकता दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?